अनेरास्ववियू क्रान्तिकारीले गरेको मत सर्वेक्षणमा एमसीसीको विपक्षमा बढी

  • प्रकाशित मितिः फाल्गुन ११, २०७८
  • 877 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, फागुन ११–एमसीसी पारित पर्ने पक्ष कि विपक्षमा भन्ने जनमत बुझ्न अनेरास्ववियू क्रान्तिकारीले मत सर्वेक्षण गरेको छ । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीले दिक्तेलको त्रिवेणीचौकमा फागुन ११ गते नमुना मतदान गराएर मत सर्वेक्षण गरेको हो ।

3
एमसीसी पारित गर्ने र नगर्नेको पक्षमा मतदान गराइएको थियो । मतदानमा एमसीसी पारित नगर्नेको पक्षमा बढी मत खसेको छ । एमसीसी राष्ट्रघाती भएको ठहर गर्दै एमसीसीको विपक्षमा एक सय ९२ मत खसेको छ । त्यस्तै एमसीसी पारित गर्नेको पक्षमा १४ मत खसेको अनेरास्ववियू क्रान्तिकारीका नेता पारश विराटले बताए । जम्मा दुई सय सात मत खसेको मध्ये एक मत भने बदर भएको बिराटले जनाए ।

4

अनेरास्ववियू क्रान्तिकारीले फागुन १२ गते प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउने बिराटले बताए ।

5

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित