नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन ११–दिक्तेल रुपाकोट मझुवागढी नगरकार्यपालिका सदस्य गंगाबहादुर विश्वकर्माले आफूमाथि भएको कुटपिट तथा जातीय भेदभावको मुद्दा डिएस्पीले दर्ता गर्न आनाकानी गरिरहेको गुनासो गरेका छन् । नगरप्रमुख दीपनारायण रिजालका स्वकीय सचिव विकल्प राई र वडा नं ८ का वडाअध्यक्ष लीला चौहानले आफूमाथि कुटपिट तथा जातीय भेदभाव गरेको विषयमा जिल्ला प्रहरी कार्यालय खोटाङमा फागुन १० गते बुझाएको निवेदन प्रहरी नायव उपरीक्षक उमेश लम्सालले दर्ता गर्न आनाकानी गरिरहेको बताएका हुन् ।
नगरप्रमुख रिजालकै होटल शुभदिनमा वडाअध्यक्ष चौहान र राईले फागुन ५ गते बेलुकी हातपात गरेको विश्वकर्माले बताएका थिए । आफूमाथि हातपात, कुटपिट तथा जातीय विभेद गरेकाले कानुनी उपचार खोजेको विश्वकर्माको भनाई छ । यो विषयमा न्यायका लागि दिउसो ११ बजे प्रहरी कार्यालय जादा दिनभर डिएस्पी नभएको र बेलुकीपख जा“दा आजको लागि मुद्दा दर्ता गर्न नसक्ने बताएको विश्वकर्माले बताए । फागुन ११ गते पनि ‘एकै छिनमा आउ“छु भनेर डिएस्पी बाहिर निस्किनु भयो ।’ विश्वकर्माले भने–खासै मुद्दा दर्ता गर्ने छनक देखिएन ।’
डिएस्पी लम्सालले भने केही कुरा बुझेर दर्ता गर्ने बताए । ‘जाहेरी आउनेसाथ बुझ्दै नबुझी दर्ता गर्नु पर्छ भन्ने छैन ।’ लम्सालले भने–‘बुझेपछि दर्ता हुन्छ ।’
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १७–साकेला ग�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १५–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ९–बालिकाला�... ... ...
दिनेश राई–खोटेहाङ, जेठ ८–खोटेहाङ गाउँपालिकाल�... ... ...
ममता राई–खोटाङ, जेठ ८–खोटेहाङ गाउँपालिका–५ च... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित