हुर्लुङ-जालपा सडक सुस्त गतिमा

  • प्रकाशित मितिः फाल्गुन ९, २०७८
  • 1170 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन ९–जिल्लाको उत्तरी क्षेत्रलाई जोड्ने हुर्लुङ–जालपा सडक ग्राबेल निर्माणको काम सुस्त गतिमा भइरहेको स्थानीयको गुनासो छ । हुर्लुङ–जालपा–ऐसेलुखर्क सडकमध्ये जालपासम्मको करिब आठ किलोमिटर ग्राभेलका लागि भदौ ३१ गते संझौता गरी बढाइएको काम सुस्त गतिमा भइरहेको स्थानीयको गुनासो आएको हो ।
यो सडकको ग्राभेलका लागि लागत स्टिमेट भन्दा करिब ४१ प्रतिशत कममा ठेक्का लागेको हो । २२ करोड १६ लाख १६ हजार ८ सय ८८ रूपैया“को लागत स्टिमेट भए पनि प्रदेश १ पूर्वाधार विकास मन्त्रालयको १२ करोड ७२ लाख ९२ हजार चार सय ७३ रूपैया“मा २४ महिनाभित्र सक्ने गरी रौताहा–सुसन आदित्य जेवी निर्माण कम्पनीले संझौता गरेको हो ।
उक्त सडकमास्वीस र नेपाल सरकारको लगानीमा हुर्लुङ–जालपा–ऐसेलुखर्क सडकको ट्याक खोलियो थियो । वर्षामा बन्द र हिउदमा चल्ने उक्त सडक निर्माण कम्पनीले सुस्त गतिमा काम गरेपछि आउने वर्षामा पनि सास्ती खेप्नु पर्ने अवस्था देखिन्छ । यसबारेमा सम्वन्धित निकायको ध्यान गएको छैन । यो सडक बनेपछि उत्तरीक्षेत्र र शहरसंगको सिधा यातायात सम्वन्ध हुदा उत्तरी क्षेत्रमा उत्पादित वस्तुको बजारीकरण हुने छ ।  
यो सडक डेढ वर्षअघि नै ठेक्का लागेको थियो । त्यत्तिखेर सर्वोच्चमा मुद्दा परेपछि निर्माण अलपत्र परेको थियो । सात वटा कम्पनीले टेन्डर हालेका मध्ये कोशिष कन्ट्रक्सनले अन्यको प्रक्रिया नपुगेको र आफ्नो मात्र प्रक्रिया पुगेको दाबी गर्दै सर्वोच्चमा मुद्दा दायर गरेपछि ठेक्का प्रक्रिया रोकिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित