नगरकार्यपालिका सदस्य विश्वकर्मामाथिको हातापात गर्नेलाई कारबाहीको माग

  • प्रकाशित मितिः फागुन ८, २०७८
  • 2401 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन ८–नेपाल दलित मुक्ति मोर्चा खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरकार्यपालिका सदस्य गंगाबहादुर विश्वकर्मामाथि हातपात गर्नेमाथि कारबाहीको माग गरेको छ । गत फागुन ५ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङका वडाअध्यक्ष लीला चौहान र नगरप्रमुख दीपनारायण रिजालका स्वकीय सचिव विकल्प राईले हातपात गरेको भन्दै कानुनी कारबाहीको माग गरिएको छ ।
फागुन ८ गते मोर्चाका संयोजक पर्शुराम विश्वकर्माले विज्ञप्ती मार्फत भन्सर्ना गरेका छन् । नेपालको संविधानको मौलिक हकमा समेत जातीय विभेद गर्न नपाइने र विभेद हुन नदिन स्थानीय सरकारले अभियान सञ्चालन गर्नु पर्नेमा नगरकार्यपालिकाको बैठक पश्चात खाजा खाने क्रममा वडा नं ८ का वडाअध्यक्ष लीला चौहान र नगरप्रमुख दीपनारायण रिजालका स्वकीय सचिव विकल्प राईले विश्वकर्मामाथि जातीय विभेद जन्य दुब्र्यवहार, हातपात, गालीगलौज गरेको विज्ञप्तीमा उल्लेख छ । यसप्रति घोर भत्सर्ना जनाउदै पीडकहरुलाई जातीय भेदभाव तथा सामाजिक अपराध २०७५ अनुसार कारबाही गर्न विज्ञप्तीमार्फत माग गरिएको छ । अन्यथा सबै प्रकारको आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित