नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन ८–मोटर साइकल दुर्घटनामा परेर रावाबेसी गाउ“पालिकाका इन्जिनियरको मृत्यु भएको छ । ऐसेलुखर्क गाउ“पालिका–७ माक्पा घर भएका स्टाफको बहिनीको बिहेमा गएर फर्कने क्रममा प्रदेश ३–०–२–००७ प ५३३३ नम्बरको मोटर साइकल दुर्घटनामा परेर चितवनको भरतपुर महानगरपालिका–६ जगतपुरका ३० वर्षीय दिपक ढुङ्गानाको उपचारमा लैजाने क्रममा मृत्यु भएको हो ।
साथीको बहिनीको विहेबाट फर्कने क्रममा ऐसेलुखर्क गाउ“पालिका–७ माक्पाको बाक्चुवास्थित भीरबाट करिब दुई सय ५० मिटर तल खसेको गाउ“पालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए । दुर्घटनापछि उपचारका लागि एम्बूलेन्स मार्फत काठ्माण्डौं लैजादै गर्दा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारको बोझेओढार पुगेपछि शनिबार राती मृत्यु भएको निरौलाले सुनाए । ढुङ्गाना ऐसेलुखर्क गाउ“पालिकाका हुलाश गुरुङले चलाएको मोटरसाइकलमा बसेका थिए । ढुङ्गानाको टाउको र छातीमा गहिरो चोट लागेको प्रहरी नायव उपरीक्षक उमेश लम्सालले बताए । चालक गुरुङलाई मोटर साइकल सहित नियन्त्रणमा लिइएको डिएसपी लम्सालले सुनाए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित