नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन ७–दिक्तेल रुपाकोट मझुवागढी नगरकार्यपालिका प्रमुख दीपनारायण रिजालका स्वकीय सचिव विकल्प राई र वडा नं ८ का वडाअध्यक्ष लीला चौहानद्वारा नगरकार्यपालिका सदस्य गंगाबहादुर विश्वकर्मामाथि हातपात भएको छ । नगरप्रमुख रिजालकै होटल शुभदिनमा फागुन ५ गते बेलुकी हातपात गरेका हुन् ।
विश्वकर्माका अनुसार कार्यकाल सकिन लाग्दा कार्यपालिकाको समीक्षा बैठकपछि बसिरहेको बेला राईले तानेर कुटपिट गरेका हुन् । ‘बसिरहेको बेला स्वकीय सचिवले मलाई कुटपिट गरे ।’ विश्वकर्माले भने–‘त्यसै बेला वडा ८ का वडाअध्यक्ष लीला चौहानले पनि हातपात गरे, यसबारेमा कानुनी लडाई लड्छु ।’ विकल्प राईले भने आफूलाई केही थाहा नभएको बताए । वडाअध्यक्ष चौहानले भने–‘रमाइलो गरिरहेका थियौ, खासै केही भएजस्तौ लाग्दैन ।’ यसबारेमा दुबै जनालाई राखेर समस्या समाधान गर्ने नगरप्रमुख रिजालले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १९–भिरबा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित