शहरी खानेपानी आयोजनाको पानी चुहिएपछि दिक्तेलको ढलान फुटाइयो

  • प्रकाशित मितिः फागुन ७, २०७८
  • 1549 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन ७–दिक्तेल शहरी खानेपानी तथा सरसफाइ आयोजनाको पानी चुहिएपछि ढलान फुटाइएको छ । दिक्तेल रुपकोट मझुवागढी नगरपालिकाको दिक्तेल बजार लगायत आसपासका क्षेत्रका उपभोक्तालाई वितरण गरिएको खानेपानी योजनाको पानी जताततै चुहिएपछि ढलान फुटाइएको हो ।
स्थानीयले भने गुणस्तरहीन सामान प्रयोग गरिएकाले यस्तो भएको आरोप लगाएका छन् । दिक्तेल शहरी खानेपानी आयोजना उपभोक्ता समिति सम्बद्धहरुले जडानको बेला ध्यान निर्माण कम्पनीले लापरबाही गरेकाले चुहिएको बताएका छन् । दिक्तेल शहरी खानेपानी आयोजना उपभोक्ता समितिका सदस्य सुमन श्रेष्ठका अनुसार बजार क्ष्ँेत्रका प्राय प्रत्येक उपभोक्तालाई वितरण गरिएको पानी चुहिएकाले ढलान फोरेर बनाउ“नु परेको छ ।
दिक्तेल शहरी खानेपानी आयोजना उपभोक्ता समितिका सचिव नवराज जोशीले वर्षाको बेला जडान गरिएकाले जडानमा समस्या आएको बताए । उक्त आयोजनाको ठेक्का आशिष निर्माण सेवा कम्पनीमार्फत पिइए–बिएन निर्माण कम्पनी जेभीले लिएको हो । यो नेपाल सरकार, खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजनाको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत गरी २२ करोड ५५ लाख ५८ हजार आठ सय ७९ रुपैया“को लागतमा सञ्चालित आयोजना हो । उक्त कम्पनीले लागत स्टीमेट भन्दा करिब दश करोड कममा ठेक्का पारेको जोशीले बताए ।
यो आयोजना अन्तरगत दिक्तेलबजार लगायत आसपासका क्षेत्रमा एक हजार ४९ घरधुरी उपभोक्तालाई प्रशोधित शुद्ध पानी वितरण गर्न १८ महिनाभित्र काम सक्ने गरी २०७५ चैत १४ गतेदेखि योजनाको काम सुरु गरिएको थियो ।
हुन त यस्तो खाले विकास हाम्रो ठाउमा नौलो होइन । एउटाले काम गर्ने र अर्कोले भत्काउने गरिन्छ । विकासमा एक आपसमा समन्वय नहुनुले यस्तो भएको स्थानीयको भनाई छ । यो भन्दा मुख्य विषय त स्थानीय सरकारको गैरजिम्मेवारपनाले यस्तो भएको स्थानीयको धारणा छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले भने खानेपानीमा समस्या आएका कारण ढलान भत्काइएको बताए । ‘ढलान भत्काए पनि जस्ताको तस्तै बनाई दिन भनिएको छ’ रिजालले भने ।‘

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित