‘यत्तिकै अवस्थामा एमसीसी पास हुदैन’ : सामाजिक विकास मन्त्री राई

  • प्रकाशित मितिः फागुन ६, २०७८
  • 1031 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन ६–प्रदेश १ सामाजिक विकास मन्त्री राजन राईले एमसीसीले दीर्घकालीन असर गर्ने भएकाले यत्तिकै पारित नहुने बताएका छन् । फागुन ६ गते प्रेस सेन्टरले दिक्तेलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा त्यसो भनेका हुन् ।
बरु सत्ता छाडौला तर एमसीसी पारित नहुने मन्त्री राईले धारणा राखे । मन्त्री राईले संविधानको रक्षा गर्नुका साथै गठबन्धन पनि जोगाउ“न लागि पर्ने बताए । तर एमसीसीकै कारण सत्ता छाड्न परे छाड्ने बताए । ‘पद त सधैका लागि होइन, तर एमसीसीले दीर्घकालीन असर गर्ने भएकाले पद त्यागिएला तर यत्तिकैमा एमसीसी पारित गरिदैन’–राईले भने ।
पत्रकार सम्मेलन मन्त्री राईले खेलकुल क्षेत्रको विकासमा अयोग्य ठहरिएका खेलकुद विकास बोर्डका सचिव कृष्ण बस्नेतलाई हटाएरै छाड्ने बताएका छन् । उनलाई स्पष्टीकरण सोधिएको तर चित्तबुझ्दो उत्तर नआएकाले आगामी बस्ने क्याबिनेटले हटाउने मन्त्री राईले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित