‘भनेजस्तो काम गर्न नसकिने अवस्था छ’ : खानेपानी, सिचाइ तथा उर्जा मन्त्री रामकुमार राई

  • प्रकाशित मितिः फागुन ६, २०७८
  • 1592 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन ६–प्रदेश १ का खानीपानी, सिचाइ तथा उर्जा मन्त्री रामकुमार राईले अनुत्पादक क्षेत्रमा अनावश्यक बजेट खर्च गरिएकाले खानेपानी क्षेत्रमा बजेट अभाव भएको बताएका छन् । अघिल्लो प्रदेश सरकारले प्राथमिकीकरण नगरी अनुत्पादक क्षेत्रमा लगानी गरेर बजेट सकेकाले खानेपानी क्षेत्रमा भनेजस्तो काम गर्न नसकिने अवस्था आएको बताएका हुन् ।
फागुन ६ गते प्रेस सेन्टरले दिक्तेलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा त्यस्तो बताएका हुन् । भ्युटावर, मुर्ती जस्तो अनुत्पादक क्षेत्रमा बजेट खर्च गरिएकाले खानेपानीजस्तो अत्यावश्यक क्षेत्रमा कम बजेट विनियोजन गरेकाले भनेजस्तो काम गर्न नसकिने अवस्था आएको मन्त्री राईले बताए । अघिल्लो सरकारका मुख्यमन्त्री शेरधन राई र पछिल्लो सरकारका मुख्यमन्त्री भीम आचार्यले हचुवामा जथाभाबी बजेट खर्च गरेकाले यो समस्या आएको मन्त्री राईको भनाई छ । पत्रकार सम्मेलनमा मन्त्री राईले जिल्लामा सञ्चालित अपुरो खानेपानी आयोजनाहरुको बारेमा ध्यानाकर्षण भएको र यसलाई तत्काल अध्ययन गरेर सम्पन्न गराउ“नेतर्फ लाग्ने बताए ।
प्रदेश न १ को नामाङ्कनको सन्दर्भमा भनेजस्तो सहज नभएको बताएका छन् । नेकपाको दुई तिहाईको सरकारले पनि नाम दिन नसकेको र अहिले बहुमतको सरकारले मात्र सहज नभएको राईले बताएका हुन् । सहज नभए पनि प्रयास भने जारी नै राखिने राईको भनाई छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित