नमस्ते खोटाङ संवाददाता–
काठमाडौं, फागुन ५–पत्रकारहरूको निःशुल्क उपचार गर्ने नीति कार्यान्वयन गर्न नेपाल पत्रकार महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट सहितको टोलीले फागुन ५ गते अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर ध्यानाकर्षण गराएको हो ।
सरकारले आर्थिक वर्ष २०७८÷०८९ को बजेट मार्फत महासंघ र सञ्चार क्षेत्रलाई विनियोजित बजेटको कार्यान्वयनमा ल्याउन, पत्रकारलाई निःशुल्क उपचारको व्यवस्था गर्न, कोरोनाले मिडियामा पारेको प्रभाव न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न र कोभिड प्रभावित पत्रकारका लागि लेखनवृत्तिको व्यवस्था गर्न मन्त्री शर्मा समक्ष आग्रह गरेको छ । महासंघले कोभिडका कारण सहुलियतपूर्ण ऋण लिने सञ्चारमाध्यमको अनुगमन गर्न र श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चारमाध्यमलाई सहुलीयतपूर्ण कर्जा प्रवाह नगर्न समेत आग्रह गरेको छ ।
जवाफमा मन्त्री शर्माले महासंघले उठाएका विषयवस्तुलाई सकारात्मक रूपमा लिदै त्यसको कार्यान्वयनमा सरकारको तर्फबाट कुनै कसर नराखिने प्रतिवद्धता व्यक्त गरेको टोलीमा सहभागीले बताएका छन् । तत्कालका लागि पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिने समेत बताए । मन्त्री शर्माले अनलाइनलाई तत्काल वर्गीकरण प्रक्रियामा लैजान बजेट छुट्याइएको समेत जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १२–नेकपा मा... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १०–प्रक्रि... ... ...
सविना अछामे–खोटाङ, जेठ १०–पेट्रोलियम पदार्थक... ... ...
सविना अछामे–खोटाङ, जेठ १०–रुकुम पश्चिमका नवरा... ... ...
सविना अछामे–खोटाङ, जेठ १०–तीन महिला हत्यामा सं... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2022 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित