दसैंमा विशेष सुरक्षा व्यवस्था

  • प्रकाशित मितिः आश्विन २९, २०७५
  • 1444 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, असोज २९–दसैंलाई लक्षित गरेर जिल्लामा सुरक्षा व्यवस्था कडाई गरिएको छ । दसैंमा सादा पोषाकमा प्रहरी परिचालन, चेकिङ, आकस्मिक चेकिङ, जिल्लामा आउने भिआइपीहरुको सुरक्षा र सवारी साधन पार्किङ, जुवातास, झैझगडा, मादक पदार्थ सेवन चेकिङ लगायतका विषयमा प्रहरी तैनाथ रहेको प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए । यसबाहेक भैपरी आउने घटनाका लागि समेत प्रहरी तैनाथ रहेको डिएस्पी केसीले बताए । कानुन विपरितका गतिविधि भए कारबाही गरिने डिएस्पी केसीले सुनाए । ‘कतै मापसे, जुवातास लगायतका कानुन उलङ्घनका घटना भए प्रहरी कष्टडीमै दसैं मनाउ“नु पर्ने छ ।’ डिएस्पी केसीले भने–‘कानुन उलङ्घन गर्ने कसैलाई पनि छाडिदैन ।’ 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित