सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्क सकियो

  • प्रकाशित मितिः फागुन ५, २०७८
  • 1169 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खेटाङ, फागुन ५–दिक्तेल बजारको रत्नपार्कस्थित सपिङ कम्प्लेक्स तथा स्वीमिङ पुलसहितको चिल्ड्रेनपार्क निर्माण सम्पन्न भएको छ । चार करोड ३७ लाख ८४ हजार सात सय ५१ रुपैया“को लागतमा उक्त संरचना निर्माण भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्रालयको दुई करोड ५७ लाख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको एक करोड ३० लाख ८४ हजार सात सय ५१ रुपैया“ र प्रदेश १ को सरकारको ५० लाख गरी चार करोड ३७ लाख ८४ हजार सात सय ५१ रूपैया“का लागतमा उक्त संरचना निर्माण भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले बताए ।
उक्त संरचना निर्माणपछि भाडामा लगाउ“ने प्रक्रिया समेत सुरु भएको छ । उक्त सपिङ कम्प्लेक्स्, रेष्टुरेन्ट र चिल्ड्रेनपार्क भाडाका लागि फागुन २ गते सूचना जारी गरिएको भट्टराईले सुनाए । उनका अनुसार मासिक दुई लाख ९७ हजार न्युनतम राजस्व सङ्कलन गर्ने गरी बोलपत्र आह्वान गरिएको छ । ‘नगर राजश्व परामर्श समितिले तोके अनुसार दुई लाख ९७ हजार भाडा निर्धारण गरेर फागुन २ गते सूचना जारी गरिएको छ ।’ भट्टराईले भने–‘बोलपत्र पार्नेको अवधि पा“च वर्षसम्म हुने छ ।’
सपिङ कम्प्लेक्सको तल्लो तलामा १४ वटा सटरमध्ये १३ वटा र माथिल्लो तलाको एउटा रेष्टुरेन्ट हल, पा“च वटा स्टल, स्वीमिङ पुल सहितको चिल्ड्रेन पार्क भएको संरचना भाडामा लगाइएको हो । नगरको गौरवको आयोजनामा पर्ने उक्त योजनाको काम उक्त भवन उमा–लामा–अन्सुबी जेवीले गरेको हो । २०७९ बैशाख २६ गतभित्र सक्ने गरी २०७८ बैशाख २६ गते भएको भएको थियो । योजना सम्पन्नपछि नगरप्रमुख दीपनारायाण रिजाल र उपप्रमुख विणादेबी राईले उद्घाटन समेत गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित