बन्दकर्ता चार घण्टा नियन्त्रणपछि छुटे

  • प्रकाशित मितिः फाल्गुन ४, २०७८
  • 756 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन ४–एमसीसीको विरोधमा बन्द गर्दै हिडेका नेकपा (विप्लव) र क्रान्तिकारी माओवादी पार्टीका नेता तथा कार्यकर्ताहरु फागुन ४ गते पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ पेट्रोलपम्प क्षेत्रबाट पक्राउ गरी चार घण्टा नियन्त्रणमा लिएर छाडिएको छ ।
पक्राउ पर्नेमा नेकपा (विप्लव) खोटाङका युवा तथा विद्यार्थी इन्चार्ज सुदीप शर्मा, क्रान्तिकारी माओवादी पार्टी खोटाङका जिल्ला सचिव झम आचार्य, नेकपा विप्लवकै युवा नेता कमल थापा, विद्यार्थी नेता अजय चाम्लिङ र संगम राई पक्राउ परेका हुन् । उनीहरुलाई दिउसो दुई बजेतिर पक्राउ गरी सा“झ छ बजे छाडिएको प्रहरी नायव उपरीक्षक उमेश लम्सालले बताए ।
एमसीसीको विरोधमा नेकपा (विप्लव), क्रान्तिकारी माओवादी, वैज्ञानिक समाजवादी, नेपाल कम्युनिष्ट पार्टी (ऋषि कटेल), नेकपा माओवादी समाजवादी लगायतको गठबन्धनले देशभर बन्दको आह्वान गरेका थिए । बन्दका आह्वानपछि खोटाङमा शैक्षिक संस्थाहरु, यातायात, बजार आंशिक रुपमा बन्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित