एमसीसीको विरोधमा दिक्तेलमा प्रदर्शन

  • प्रकाशित मितिः फाल्गुन ४, २०७८
  • 879 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन ४–एमसीसीको विरोध गर्दै सत्ता गठवन्धन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सम्बद्ध युवा र विद्यार्थी संगठनले दिक्तेल बजारमा प्रदर्शन गरेका छन् । एमसीसी राष्ट्रघाती भएको भन्दै त्यसको खारेजीको माग गर्दै फागुन ४ गते विरोधमा उत्रिएका हुन् ।
स्थानीय बेसक्याम्पबाट सुरु जुलुस मानवअधिकार चौक, संगमटोल, रत्नपार्क हुदै किरात चौकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई वाइसीएल केन्द्रीय सदस्य मिलन राई, अनेरास्ववियु केन्द्रीय सचिव शम्भु घिमिरे लगायतले संवोधन गरेका थिए । उनीहरुले एमसीसी राष्ट्रघाती भएकाले यसलाई खारेज गर्नु पर्ने धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित