गृह मन्त्रालयले भन्यो–‘बुवालुङ अनियमितता बारे छानविन गर्नु’

  • प्रकाशित मितिः फाल्गुन ३, २०७८
  • 826 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन ३–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङमा सञ्चालित योजनाहरुमा अनियमितता भएको विषयमा छानविन गर्न गृहमन्त्रालयले पनि जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । सडक, विद्यालय, सामुदायिक वन, एकीकृत बस्ती, कृषि अनुदान लगायतका विकास काममा अनियमितता भएको भन्दै गृह मन्त्रालयमा समेत उजुरी परेपछि छानविन गर्न जिल्ला प्रशासन कार्यालय खोटाङलाई निर्देशन दिएको हो ।
प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालका अनुसार १५ दिनभित्र छानविन गरी प्रतिवेदन पेश गर्न गृहले फागुन २ गते पत्र मार्फत छानविन गर्न निर्देशन दिएको प्रजिअ दाहालले बताए । उक्त वडाको मध्यपहाडी लोकमार्गदेखि वडा कार्यालयसम्म जानेबाटो, त्यहास्थित अन्नपूर्ण माविको सिडी र पर्खाल, खावाडाडा र उवाबारीस्थित एकीकृत वस्ती, त्यहास्थित सामुदायिक वन विनास, कृषि अनुदान लगायतमा अनियमितता भएको भन्दै जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय, अख्तियार लगायतका विभिन्न ठाउ“मा उजुरी परेको थियो । यसबारेमा जिल्ला प्रशासन कार्यालय खोटाङले सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठको संयोजकत्वमा छानविन समिति गठन गरी छानविन सुरु गरेको छ । 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित