खोटाङमा ट्याक्टर दुर्घटनामा बालकको मृत्यु

  • प्रकाशित मितिः फागुन २, २०७८
  • 940 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ फागुन २–हलेसी तुवाचुङ नगरपालिकामा ट्याक्टर दुर्घटनामा बालकको ज्यान गएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ हलेसी ऐसेलुखर्कबाट बालुवा लिन सुनकोसी जा“दै गरेको स १ त ७७३३ नम्बरको ट्याक्टर स्थानीय गोर्दाखा भन्ने ठाउ“मा फागुन २ गते विहान दुर्घटना हुदा हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नौलापुरका १४ वर्षीय सिटामोल भन्ने शेखर मगरको घटनास्थलमै मृत्यु भएको हो ।
ट्याक्टर दुर्घटनामा ट्याक्टरधनी हलेसी तुवाचुङ नगपालिका–७ हलेसी ऐसेलुखर्कका ३२ वर्षीय नगेन्द्र राई गम्भिर घाइते भएका छन् । उनको हलेसीस्थित हेल्थ केयर मेडिकलमा सामान्य उपचार गरी थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सागर साहले बताए ।
बालक आफैंले ट्याक्टर चलाएका थिए । उनले उक्त ट्याक्टर चलाउ“दै आएको प्रहरी निरीक्षक सागर साहले बताए । मृतकको शव पोष्टमार्टमका दिक्तेल अस्पताल ल्याइदै गरेको साहले सुनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित