नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन २–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङमा कृषि अनुदानमा अनियमितता भएको भन्दै जिल्ला प्रशासन कार्यालय खोटाङमा माघ २८ गते उजुरी परेको छ । कृषि सुधार कार्यक्रम अन्तरगत विनियोजन गरिएको दश लाख रुपैया“ अनियमित भएको भन्दै प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाल समक्ष उजुरी परेको हो ।
उक्त कार्यक्रम अन्तरगत ट्रनेल खरिद, मल खरिद, विउविजन खरिद, बा“स गरिद र पा“च महिनाका लागि प्राविधिक तलव दिने गरी वडाकै दाजुभाइ कृषि फारमका संयोजक हरिकुमार खत्रीले नगरपालिकाबाट रकम निकासा गरे पनि कामै नगरी फरफारक भइसकेकाले छानविन गरी दोषीमाथि कारबाही गर्न उजुरी दिएका हुन् । उक्त वडाका वडासदस्य हरिबहादुर राई, स्थानीय गोपालसिं राई, कृष्णबहादुर बुढाथोकी र गजेन्द्र राईले उजुरी दिएका हुन् ।
योजना सञ्चालन गर्ने हरिकुमार खत्रीले भने एक सय ट्रनेल खरिद गर्नु पर्नेमा मल खरिद, विउविजन खरिद र बा“स गरिद गर्नु पर्नेमा त्यसलाई कटाएर एक सय ४३ थान ट्रनेल खरिद गरेर वितरण गरेको बताए । प्राविधिक तलव वापतको एक लाख रुपैया“ नगरपालिकाले नै कटाएर दिएको खत्रीले सुनाए । ‘एक सय थान ट्रनेल सहित मल, विउविजन र बा“स खरिद र पा“च महिनाको कृषि प्राविधिक तलव दिने संझौता थियो ।’ खत्रीले भने–‘हामीलाई ट्रनेल मात्र दिनु, बा“स, मल र विउविजन आफैं व्यवस्था गर्छौ भनेकाले एक सय थानबाट बढाएर एक सय ४३ थान ट्रनेल किनेर वितरण गरिएको र प्राविधिक तलव वापतको एक लाख रुपैया“ नगरपालिकाले नै कटाएर राखेको छ ।’ उजुरी परेपछि तत्काल छानविन गर्ने प्रजिअ दाहालले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित