नेकपा माओवादी केन्द्रले २७ औं जनयुद्ध दिवस मनायो

  • प्रकाशित मितिः फाल्गुन १, २०७८
  • 888 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, फागुन १–नेकपा माओवादी केन्द्र तथा उसको भातृ संगठनहरुले फागुन १ गते विभिन्न ठाउ“मा २७ औं जनयुद्ध दिवस मनाएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, साकेला गाउ“पालिका लगायतका विभिन्न ठाउ“हरुमा जनयुद्ध दिवस मनाएको हो ।

janayuddha photo2
दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटीले दिलकाजी–ठुलकुमार स्मृति भवनमा कार्यक्रम आयोजना गरी दिवस मनाएको छ । हलेसी तुवाचुङ नगर कमिटीले दुर्छिम गणेशटार, दिप्रुङ चुइचुम्मा गाउपालिका लगायत विभिन्न ठाउहरुमा कार्यक्रम आयोजना गरेर दिवस मनाएको छ । साकेला गाउ“पालिकाको मानेभन्ज्याङमा पनि २७ औं जनयुद्ध दिवस मनाइएको छ । दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रमहरुमा विभिन्न नेताहरुले जनयुद्धको उपलब्धिको बारेमा चर्चा गरेका छन् ।

janayuddha photo1

अनेरास्ववियू क्रान्तिकारीले पनि २७ औं जनयुद्ध दिवस मनायो

नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियू क्रान्तिकारीले पनि २७ औं जनयुद्ध दिवस मनाएको छ । यो अवसरमा नेकपा माओवादी केन्द्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका अध्यक्ष विसन राई र अनेरास्ववियू क्रान्तिकारी खोटाङका अध्यक्ष तथा प्रदेश १ का सचिव डिआर खडकाले मनतब्य व्यक्त गरेका छन् । 

deep

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित