‘बरु गठबन्धन टुट्ला, सत्ता छाडौला तर एमसीसी पारित गर्ने पक्षमा छैनौ’ : मन्त्री राई

  • प्रकाशित मितिः माघ २९, २०७८
  • 1031 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ २९–प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले राईले प्रदेश १ को नाम छिट्टै टुङ्गो लाग्ने बताएका छन् । माघ २९ गते दिक्तेल सोल्माको शुभम फाउन्डेसनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राईले प्रदेशको नामाकरण सरम लाग्ने गरी डिला भइसकेकाले पहिचान र भूगोलको आधारमा अब छिट्टै टुङ्गो लाग्ने बताएका हुन् ।
‘पा“च वटा प्रदेश भूगोलको आधारमा र मधेश प्रदेश पहिचानका आधारमा नामाकरण भएको छ, प्रदेश १ को नाम चाहि“ पहिचान र भूगोलको आधारमा हुने छ ।’ राईले भने–‘प्रदशको नामाकरणमा सरम लाग्ने गरी ढिलाई भएकाले अब चाहि“ छिट्टै टुङ्गो लाग्ने छ ।’
नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य समेत रहेका राईले अहिलेकै अवस्थाको एमसीसी कुनै पनि हालतमा पारित नहुने बताएका छन् । राईले बरु सत्ता गठबन्धन टुट्ला तर राष्ट्रघाटी एमसीसी पारित नहुने जनाए ।
राईले एमसीसी राष्ट्रघाती भएकाले परिमार्जन नभई पारित नहुने बताए । सत्ता गठबन्धनमध्ये कांग्रेस एमसीसी पारित गर्ने पक्षमा र अन्य चाहि“ यथास्थितिमा पारित गर्ने पक्षमा नभएको बताए । एमसीसीकै कारण गठबन्धन भत्कियो भने सत्ता छाड्ने पक्षमा आफूहरु रहेको राईले बताए । ‘हाम्रो पार्टी यथास्थितिमा एमसीसी पारित गर्ने पक्षमा छैन ।’ राईले भने–‘एमसीसीकै कारण गठबन्धन भत्कियो भने बरु सत्ता छाड्न तयार छौं ।’
पर्शुराम बस्नेतलाई हटाएरै छाड्छौं :
खेलकूद विकास बोर्डका सचिव कृष्ण बस्नेतलाई हटाएरै छाड्ने मन्त्री राईले बताए । बस्नेत खेलकुद क्षेत्रको विकासमा अयोग्य भएकाले उनलाई हटाएरै छाड्ने बताएका हुन् । ‘बस्नेतलाई हटाउनका लागि स्पष्टीकरण सोधिएको छ’–राईले भने ।
‘ब्याण्ड भर्सेज ब्राण्ड’ प्रपोकाण्ड मात्रै :
पूर्व सामाजिक विकास मन्त्री उषाकला राईले ‘ब्याण्ड भर्सेज ब्राण्ड’ नाराका साथ घरेलु रक्सीलाई प्रबद्र्धन गर्ने भन्ने प्रपोकाण्ड मात्र चलाएको राईले बताए । ‘उहा“ले हावादारीमा प्रपोकाण्ड मात्र चलाउ“नु भयो, गर्नु पर्ने काम केही पनि गरेको देखिएन ।’ पत्रकारहरुको प्रश्नमा राईले भने–‘कानुनी अड्चन फुकाउ“नका लागि प्रयत्न गर्नु पथ्र्यो, तर त्यो पनि केही गर्नु भएन, हल्ला मात्र गर्नु भयो ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित