बाझिएका कानुन संशोधन गर्न माग

  • प्रकाशित मितिः माघ २७, २०७८
  • 505 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ २७–सत्ता गठबन्धनमा आबद्ध जिल्लास्थित राजनीतिक दलहरुले नेपालको संविधान २०७२ र मुलुकी अपराध संहिता बीच तालमेल नमिलेकाले त्यसलाई सच्याउ“न माग गर्ने निर्णय गरेका छन् । नेपालको संविधान २०७२ को भाग १ को धारा ४ र मुलुकी अपराध संहिता २०७४ को धारा २८९ बीच बाझिएकाले त्यसलाई खारेजीको माग गर्ने निर्णय गरेको हो ।
नेपालको संविधान २०७२ को भाग १ धारा ४ मा नेपाल धर्मनिरपेक्ष राज्य उल्लेख गरिए पनि त्यसको विपरित मुलकी अपराध संहिता २०७४ को धारा २८९ मा गाई गोरु मार्न नहुने भनी उल्लेख भएकाले संविधानको भावना विपरित मुलुकी अपराध संहिता भएको त्यसलाई सच्याउ“न माग गर्ने निर्णय गरिएको विज्ञप्तीमा उल्लेख छ । यसैको आधारमा भर्खरै मात्र गोरु काटेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको र उनीहरुलाई छुटाउन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी लगायतका राजनीतिक दलका प्रतिनिधिहरु तथा नेपाल आदिवासी जनजाति महासंघ लगायतका विभिन्न जातीय संघसंस्थाका प्रतिनिधिहरुको पहलपछि जमानतमा छाडिएको समेत विज्ञप्तीमा उल्लेख छ ।
नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति खोटाङका अध्यक्ष दीपक पाण्डे ‘आकाश’को अध्यक्षतामा माघ २७ गते बसेको सत्ता गठबन्धनमा आबद्ध जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरुको संयुक्त बैठकले जिल्लाको विकास योजनाहरुको बारेमा पनि विभिन्न निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङमा विकास योजनाहरुमा भ्रष्टाचार तथा अनियमितता भएको, सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी गरेकाले सम्वन्धित निकायमा यथासिघ्र छानविन गरी कारबाहीको माग गर्ने निर्णय गरिएको उल्लेख छ ।
जिल्लाको विकास निर्माणमा ढिलासुस्ती र लापरबाहीको अन्त्य गरी समयमै योजनाहरु सम्पन्न गर्न जिल्ला समन्वय समिति खोटाङको संयोजकत्वमा पहलकदमी गर्न अनुरोध गर्ने निर्णय गरिएको विज्ञप्तीमा उल्लेख छ । सत्ता गठबन्धनमा आवद्ध पार्टीहरुको पालिका स्तरीय बैठकबाट प्राप्त विकास योजना प्राथमिकता निर्धारण गरी प्रदेश र संघीय सरकारमा माग गर्ने निर्णय गरिएको विज्ञप्तीमा भनिएको छ । विज्ञप्तीमा नेपाली कांग्रेस खोटाङका सचिव ज्ञानेन्द्र जोशी, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति खोटाङका अध्यक्ष दीपक पाण्डे ‘आकाश’, नेकपा एकीकृत समाजवादी खोटाङका अध्यक्ष जलशेर राई र जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष टंक थापाले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित