नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ २७–गोरु काटेको आरोपमा पक्राउ परेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ३९ वर्षीय जयराम तामाङ, ३५ वर्षीय खगेन्द्र तामाङ र ४० वर्षीय गणेश तामाङ माघ २६ गते तारेखमा छुटेका हुन् । बोलाएको बेला उपस्थित हुने शर्तमा उनीहरु छुटेका हुन् ।
तीन वर्षभन्दा कम जेल सजायका आरोपीलाई थुना बाहिर राखेरै पनि अनुसन्धान गर्न सकिने भएकाले बोलाएको बेला उपस्थित हुने शर्तमा आफन्तलाई जिम्मा लगाइएको प्रहरी नायव उपरीक्षक उमेश लम्सालले बताए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुढेस्थित दिखुवा भन्ने ठाउ“मा माघ २३ गते दिउसो करिब चार बजेतिर गोरु काटेर बेचिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट गोरु काटेको एक थान बन्चरो र चार थान खुकुरी पनि बरामत गरिएको प्रहरीको भनाई छ ।
तस्बिर साभार : फुर्वा सेर्पाको फेसबुकबाट
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित