नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ २३–गोरु काटेको अभियोगमा तीन जना पक्राउ परेको छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ३५ वर्षीय खगेन्द्र तामाङ, ३९ वर्षीय जयराम तामाङ र ४० वर्षीय गणेश तामाङ माघ २३ गते पक्राउ परेका हुन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुढेस्थित दिखुवा भन्ने ठाउ“मा माघ २३ गते दिउसो करिब चार बजेतिर गोरु काटेर बेचिरहेको अवस्थामा उनीहरु पक्राउ परेको प्रहरी नायव उपरीक्षक उमेश लम्सालले बताए । उनीहरुको साथबाट गोरु काट्न प्रयोग गरिएको एक थान बन्चरो र चार थान खुकुरी पनि बरामत गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सागर साहले बताए । उनीहरुलाई पक्राउपछि थप अनुसन्धान सुरु गरिएको डिएस्पी लम्सालले सुनाए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित