ट्याक्टर दुर्घटनामा बालकको मृत्यु

  • प्रकाशित मितिः माघ २०, २०७८
  • 827 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ २०–ट्याक्टर दुर्घटनामा रावाबेंसी गाउ“पालिका–५ दुबेकोलका १३ वर्षीय रोशन विश्वकर्माको मृत्यु भएको छ । स्थानीय भदौरेबाट ढुङ्गा लिन चिण्डेश्वरातर्फ जा“दै गरेको प्रदेश–२–०३–००१ त ३२९४ नम्बरको ट्याक्टरले किच्दा विश्वकर्माको माघ १९ गते मृत्यु भएको हो ।
ट्याक्टर सडक किनारामा कोल्टे पर्नेसाथ खसेका विश्वकर्माको त्यसै ट्याक्टरको चक्काले किचेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सागर शाहका अनुसार विश्वकर्मा त्यही ट्याक्टरमा मजदुरीको काम गर्दै आएका थिए । ट्याक्टर चालक रावाबेसी गाउ“पालिका–३ लामीडाडा“का २१ वर्षीय रोशन भुजेल र ट्याक्टरलाई नियन्त्रणमा लिइएको शाहले बताए । मृतकको पोष्टमार्टमपछि माघ २० गते आफन्तलाई जिम्मा लगाइएको छ । पक्राउ परेका भुजेललाई म्याद थपेर कारबाहीको प्रक्रिया बढाइने शाहले सुनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित