प्रहरीले ६३ औं दिवस मनायो

  • प्रकाशित मितिः आश्विन २५, २०७५
  • 1136 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, असोज २५–प्रहरीले ६३ औं प्रहरी दिवस मनाएको छ । यसअवसरमा जिल्ला प्रहरी कार्यालय खोटाङले बिहीबार दिवस मनाएको हो । 
२०१२ साल असोज २५ गते स्थापना भएको प्रहरी संगठनले जनताको शान्ति सुरक्षामा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै विभिन्न वक्ताहरुले प्रसंशा गरेका छन् । प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले प्रहरीको सेवाप्रति खुलेरै प्रसंशा गरे । यद्यपि केही घटनाहरुले प्रहरी संगठनले दुर्नाम व्यहोर्नु परेकाले त्यसलाई सच्याएर जनमुखी काममा प्रहरी संगठन लाग्नु पर्ने बताए । कार्यक्रममा  वीरगति प्राप्त गर्नेका परिवारलाई सम्मान तथा विभिन्न खेल तथा वक्तित्वकलामा विजयी सहभागीलाई पुरस्कार वितरण गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित