नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ १६–जिल्लास्थित विभिन्न वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरु तोडफोड भएका छन् । माघ १५ गते राती सहित तीन दिनका अवधिमा तीन वडा कार्यालय, दुई स्वास्थ्य चौकी, एउटा सहकारी तोडफोड भएको छ ।
माघ १५ गते राती दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क वडा कार्यालय, त्यहा“स्थित स्वास्थ्य चौकी तोडफोड भएको छ । त्यसै दिन उक्त वडाकै साना किसान कृषि सहकारी तोडफोड गरी करिब ७० हजार रुपैया“ चोरी भएको प्रहरी नायव उपरीक्षक उमेश लम्सालले बताए । त्यसै रात उक्त वडाकै बालानन्द खनाल र सागर खनालको पसल पनि चोरी भएको छ । बालानन्दको पसलबाट पा“च हजार नगद र ४८ सय बराबरको रिचार्ज कार्ड चोरी भएको छ । सागर खनालको पसलबाट नगद पा“च हजार चोरी भएको डिएस्पी लम्सालले सुनाए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाको वडा कार्यालय र स्वास्थ्य चौकी पनि माघ १४ गते राती तोडफोड भएको प्रहरीले जनाएको छ । ऐसेलुखर्क गाउ“पालिका–३ ऐसेलखर्क वडा कार्यालय र उक्त ठाउ“कै त्रिभूवन मावि पनि माघ १३ गते राती तोडफोड गरिएको डिएसपी लम्सालले बताए । वडा कार्यालय, स्वास्थ्य चौकी र विद्यालयमा ताला फोरिएको डिएस्पी लम्सालले सुनाए । श्रृङ्खलाबद्ध घटनाबारे अनुसन्धान भइरहेको डिएस्पी लम्सालले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित