खोटाङको जनसंख्या घट्यो

  • प्रकाशित मितिः माघ १३, २०७८
  • 1552 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ १३–जिल्लामा जनसंख्या घटेको छ । केन्द्रीय तथ्याङ्क विभागले माघ १२ गते सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार २०६८ को तुलनामा १ दशमलव ५६ प्रतिशत दरले घटेको हो ।
२०६८ सालको जनगणना अनुसार दुई लाख छ हजार तीन सय १२ जनसंख्या थियो । २०७८ मा भने एक लाख ७५ हजार तीन सय ४० जनसंख्या रहेको विभागको तथ्याङ्कले देखाएको छ । २०७८ मा जिल्लामा पुरुष ८६ हजार पा“च सय २१ र महिला ८८ हजार आठ सय १९ जना छन् । यो वर्षको जनगणनामा ४० हजार तीन सय ९२ घर संख्या र २१ हजार एक सय चार परिवार संख्या देखाएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सबैभन्दा बढी जनसंख्या देखिएको छ । उक्त नगरपालिकामा ४३ हजार दुई सय ९५ जनसंख्या देखिएको छ । सबैभन्दा कम जनसंख्या चाहि“ साकेला गाउ“पालिकामा देखिएको छ । उक्त पालिकामा नौ हजार तीन सय सात जनसंख्या देखिएको छ ।
त्यसैगरी दोश्रो जनसंख्या भएको हलेसी तुवाचुङ नगरपालिकामा २७ हजार दुई सय ७४, खोटेहाङ गाउ“पालिकामा १६ हजार नौ सय ५२, दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा १६ हजार पा“च सय ४९, ऐसेलुखर्क गाउँपालिकामा १३ हजार पा“च सय ८१, केपिलासगढी गाउ“पालिमामा १३ हजार तीन सय ३९, जन्तेढुङ्गा गाउ“पालिकामा १२ हजार ६६, बराहपोखरी गाउ“पालिकामा ११ हजार चार सय १६ र रावाबेसी गाउ“पालिकामा ११ हजार दुई सय १८ जना जनसंख्या देखाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित