नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ १२–कोरोना संक्रमण फैलिएपछि जिल्लाका तीन पालिकाको अत्यावश्यक सेवा बाहेकका काम बन्द गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका र रावाबेसी गाउ“पालिकाको सेवा बन्द गरिएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका स्वास्थ्यकर्मी सहित १२ कर्मचारीमा कोरोना संक्रमण भएपछि माघ १३ गतेदेखि माघ १९ गतेसम्मका लागि अन्यावश्यक सेवा बाहेकका अन्य काम बन्द गरिएको नगरपालिकाका निमित्त प्रमुख राजकुमार राईले बताए ।
त्यस्तै हलेसी तुवाचुङ नगरपालिकामा १५ गतेसम्म र रावाबेसी गाउ“पालिकामा १७ गतेसम्म सेवा बन्द गरिएको हो । हलेसी तुवाचुङ नगरपालिकाका तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ ।
जिल्लामा पछिल्लो नया भेरियन्ट(ओमिक्रोन)का एक सय ५८ सहित तीन हजार दुई सय २८ जनामा कोरोना पुष्टि भएको छ । यसमध्ये तीन हजार ५२ जना निको भएको र १५ जनाले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित