भिडभाड हुने कार्यक्रममा बन्देज

  • प्रकाशित मितिः माघ ६, २०७८
  • 589 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, माघ ६–कोरोना संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय खोटाङले भिडभाड हुने खालका कार्यक्रममा रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालको संयोजकत्वमा माघ ५ गते बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसीएमसी)को बैठकले जिल्लामा सबै प्रकारका आमसभा, जुलुस लगायतका अन्य भेला हुने क्रियाकलाप गर्न रोक लगाएको हो ।
कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले गोष्ठी, सेमीनार, बैठक लगायतका कार्यक्रम भर्चुअल माध्यमबाट गर्ने, भौतिक रुपमा उपस्थित भएर गर्नु पर्ने अवस्था भए जनस्वास्थ्यका मापदण्ड पालना गरेर बढीमा २५ जना मात्र सहभागी हुन पाउने भएको छ । यसरी भेला हु“दा कोभिड–१९ विरुद्धको खोपको पूरा मात्रा लगाएको हुनु पर्ने निर्णय गरेको छ ।
दोहोरी, ना“चघर, हेल्थक्लव, फुटसल, हाटबजार लगायतका जमघटमा समेत बन्देज गरेको छ । स्थानीय तहका विभिन्न स्थानमा समय–समयमा लाग्ने हाटबजार अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताए । यसबाहेक विवाह, ब्रतबन्त्र, न्वरान तथा पास्नी जस्ता धार्मिक, सा“स्कृतिक, सामाजिक संस्कार तथा अन्य कार्यक्रम सञ्चालन गर्नु परे प्रमुख जिल्ला अधिकारीको पुर्वस्वीकृति लिएर जनस्वास्स्थ्यको मापदण्ड अपनाएर मात्र गर्ने निर्णय गरिएको छ ।
हलेसी मन्दिर लगायत सबै मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च, लगायतका धार्मिक स्थलमा स्वास्थ्य मापदण्ड पालना गरी नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्ने÷गराउ“ने, माघ ७ गतेदेखि जिल्लाका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने, साथमा खोप कार्ड नभएको अवस्थामा फोटो देखाउनु पर्ने लगायतको निर्णय गरिएको प्रजिअ दाहालले जनाए ।
डिपार्टमेन्ट स्टोर, सुपरमार्केट वा अन्य प्रकारका पसलमा एक पटकमा १० जनाभन्दा बढी उपस्थित हुन नहुने, दुई व्यक्तिको बीचमा कम्तीमा दुई मिटर दूरी कायम गर्ने, मास्क अनिवार्य लगाउ“ने, पटक–पटक सावुन पानीले हात धुने वा सेनीटाइज गर्ने गरी सञ्चालन गर्ने निर्णय गरिएको छ । कार्यालय वा पसल जस्ता सार्वजनिक स्थलमा सेनिटाइजर र मास्कको प्रयोग अनिवार्य गर्ने, कुनै व्यक्तिले मास्क नलगाई आएमा व्यवस्थापकले बढीमा पा“च रुपैयाँ लिएर मास्क उपलव्ध गराउ“ने, मास्क नलगाउ“ने व्यक्तिलाई कार्यालय तथा पसलमा प्रवेश गर्न नदिने समेत निर्णय गरिएको छ ।
नियमित सञ्चालन हुनुपर्ने स्वास्थ्य सेवालाई स्वास्थ्य मापदण्ड अपनाएर नियमित गर्ने, खाली भएका अक्सिजन सिलिण्डरमा तत्काल स्वास्थ्य कार्यालयले अक्सिजन ग्या“स भर्ने, कोभिड विरुद्धको खोपलाई जिल्लाव्यापी रुपमा लगाउ“न स्वास्थ्य कार्यालयले व्यवस्था मिलाउ“ने निर्णय भएको छ ।
दर्शक सहितको खेलकुद कार्यक्रम नगर्ने, राष्ट्रिय राजमार्गमा सञ्चालित होटल तथा रेष्टुरेष्टमा स्वास्थ्य मापदण्ड पालना गरी भिडभाड नहुने व्यवस्थाका लागि आलोपालो गरी सेवा दिने निर्णय गरिएको छ ।
शिक्षण संस्थाहरु भर्चुअल वा बैकल्पिक शिक्षण सिकाई विधि अपनाउ“नु पर्ने, पूर्व निर्धारित परीक्षा, जनशक्ति भर्ना परीक्षा लगायत सबै किसिमका प्रयोगात्मक कक्षा स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्ने, जुनसुकै सेवा क्षेत्रमा कार्यरत व्यक्तिमा कोरोना लक्षण देखिए अनिवार्य पा“च दिन क्वारेन्टीनमा बस्ने र त्यसपछि कोभिड परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आए मात्र काममा फर्कने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित