निर्माणाधीन विकासे योजनाहरु ढिलासुस्ती तथा अनियमितता विरुद्ध एमाले खोटाङको ध्यानाकर्षण

  • प्रकाशित मितिः माघ ४, २०७८
  • 1096 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ ४–एमाले खोटाङले जिल्लाका निर्माणाधीन विकासका कामलाई तिब्रता दिनु पर्ने माग राख्दै माघ ४ गते प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ । निर्माण कम्पनीहरुको लापरबाहीले निर्माणाधीन विकासे कामहरु अलपत्र परेको भन्दै तिब्र रुपमा काम सम्पन्न गर्न ध्यानाकर्षण गराएको हो ।
एमाले खोटाङका अध्यक्ष रामप्रसाद दङ्गाल लगायतका टोलीले प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहललाई ध्यानाकार्षणपत्र बुझाएको हो । जिल्लामा निर्माणाधीन योजनाहरु ढिलासुस्ती र अनियमितता भएको औल्याउ“दै तिब्र रुपमा काम सम्पन्न र पारदर्शी हुनु पर्ने भन्दै ध्यानाकर्षण गराइएको एमाले खोटाङका अध्यक्ष रामप्रसाद दङ्गालले बताए । टोलीले मालपोत कार्यालयको सेवा प्रवाहमा समेत प्रश्न उठाएको छ । उक्त कार्यालयमा ढिलासुस्ती र अनियमितता गरेको जनगुनासो आएको र यसबारेमा प्रशासनलाई ध्यानाकर्षण गराएको दङ्गालले बताए ।
ध्यानाकर्षण पत्रमा फोक्सिङ्टारको निर्माणधीन पुल, महुरे–फोक्सिङ्टार–गाइघाट सडक, दिक्तेल अस्पताल चोक–खानीडाडा“–आहाले सडक, हुर्लुङ–जालपा–ऐसेलुखर्क सडक, हुर्लुङ–जालपा–बाक्सिला सडक, मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने पङुखु खोला पुल, लप्से खोला पुल, मध्यपहाडी लोकमार्ग अन्तरगतको निर्माणाधीन सेखुवा सडक, विभिन्न पालिकाहरुमा बन्न सुरु भएका स्वास्थ्य संस्थाहरु, हलेसी बृहत खानेपानी लिफ्टिङ योजना, साप्सुखोला लिफ्टिङ खानेपानी योजना, दिक्तेल अस्पताल चोक साप्सुखोला–खोटाङबजार पा“चधारे सडक आयोजना लगायतमा ढिलासुस्ती तथा अनियमितता भएको आरोप लगाएको छ । एमालेले उठाएको विषयप्रति बेवास्ता गरिए आन्दोलनमा उत्रने दङ्गालले बताए । ध्यानाकर्षण पत्र बुझाउ“न एमाले सचिव कुमार आचार्य, सहसचिव तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख दीपनारायण रिजाल र अर्का सहसचिव सुरेन्द्रकुमार राई लगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित