आफ्नै विद्यार्थी बलात्कार गर्ने शिक्षक पक्राउ

  • प्रकाशित मितिः माघ ३, २०७८
  • 496 पटक पढिएको
  • संवादताता

सविना  अछामे–
खोटाङ, माघ ३–आफ्नै विद्यार्थीलाई जबरजस्ती गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । रावावेसी गाउ“पालिका– २ खार्पास्थित भाषा आधारभूत विद्यालयका शिक्षक ३१ वर्षीय किशोर पोखरेल पक्राउ परेका हुन् ।
आफुमाथि पटक–पटक करणी भएको भन्दै पीडित किशारी र उनका अभिभावकले उजुरी दिएपछि पक्राउ गरी माघ २ गते सात दिनको म्याद थप गरी अनुसन्धान बढाइएको प्रहरी नायव उपरीक्षक उमेश लम्सालले बताए । पोखरेललाई उदयपुरमा पुस ३० गते पक्राउ गरिएको डिएस्पी लम्सालले बताए । उनका अनुसार जाहेरीपछि इलाका प्रहरी कार्यालय उदयपुरस्थित रामपुर, ठोक्सिलाले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय खोटाङलाई बुझाएको हो । डिएस्पी लम्सालका अनुसार किशोरीलाई भदौ ९ गते, असोज ६ गते र मङ्सिर १३ गते करणी गरेको पीडितले जाहेरी दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित