'वडा तहसम्मै गठवन्धन हुन्छ' : सत्तासाझेदार गठबन्धन

  • प्रकाशित मितिः पुस 29, 2078
  • 1070 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, पुस २९–सत्तासाझेदार गठबन्धनले वडा तहसम्मै गठबन्धन कायम राख्ने बताएका छन् । प्रतिगमनको विरुद्ध सत्तासाझेदार पार्टीको एकता आवश्यक भएकाले वडा तहसम्मै मजबुद गठबन्धन कायम राखिने वीपी स्मृति भवनमा पुस २९ गते पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
कांग्रेस जिल्ला सभापति विष्णुकुमार राईको संयोजनमा बसेको गठबन्धन पक्षधरहरुको बैठकले आगामी माघ १२ गते राष्ट्रिय सभाको चुनावमा खोटाङबाट मतदान गर्ने जनप्रतिनिधिहरु बीच गठबन्धनको पक्षमा मतदान गर्न समन्वय गर्ने, जिल्लाको समग्र विकासका लागि साझा प्रयास जारी राख्दै गठबन्धनमा आवद्ध दलहरुको पालिकाहरुमा संयुक्त बैठक राखी जनताका मागहरु प्रदेश र संघीय सरकार मार्फत तत्काल संवोधन गर्न पहल गर्ने लगायतको निर्णय गरिएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

bigyapti
कांग्रेस सभापति राई, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति खोटाङका अध्यक्ष पृथ्वी किराती, एकीकृत समाजवादी पार्टी खोटाङका अध्यक्ष जलसेर राई र जनता समाजवादी पार्टी जिल्ला समन्वय समिति खोटाङका अध्यक्ष टंक थापाले संयुक्त विज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित