'पत्रकार जनताको प्रतिनिधि पनि हुन्' : बस्नेत

  • प्रकाशित मितिः पुष २९, २०७८
  • 446 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ पुस २९–प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार पत्रकार मात्र नभएर जनताको प्रतिनिधि समेत भएको बताएका छन् । पुस २९ गते दिक्तेलको थ्री ब्रदर्श होटलमा आयोजित पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाइ कार्यक्रममा त्यसो भनेका हुन् ।
पत्रकार जनताको गुनासो सुन्ने र उनीहरुको गुनासोलाई समाचारको माध्यमबाट सम्वन्धित निकायको ध्यानाकर्षण गराउ“ने भएकाले जिम्मेवार हुनु पर्ने धारणा राखेका छन् । वर्तमान अवस्थामा पत्रकारहरु राजनीतिक गतिविधिमा संलग्न हुनुले पत्रकारिता क्ष्ँेत्रमा समस्या आएको पनि बताए ।
यथार्थता विना हचुवाको भरमा गरिएको पत्रकारिताले पत्रकारहरुको सार्वजनिक रुपमा नैतिकतामाथि प्रश्न उठेपछि पत्रकारिता गर्न सक्ने अवस्था नरहने भएकाले आचारसंहितालाई ध्यानमा राखेर काम गर्न आग्रह गरेका छन् ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य ठाकुरप्रसाद बेलबासेले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल, प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहाल, जिल्लास्थित विभिन्न सञ्चारमाध्यमका पत्रकारहरु, खोटाङ उद्योग वाणिज्य संघका महासचिव मनोज बजिमय, गैरसरकारी संस्था महासंघ खोटाङका अध्यक्ष दानबहादुर राई लगायतले आफ्नो जिज्ञासा तथा भनाई राखेका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित