समता स्कुललाई कम्प्युटर र नगद उपलब्ध

  • प्रकाशित मितिः पुष २७, २०७८
  • 591 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, पुस २७–
समता स्कुललाई कम्प्युटर तथा नगद उपलब्ध गराइएको छ । पुस २५ गते आयोजित पहिलो साधारण सभाको अवसरमा प्रमुख अतिथि डा. कृष्णकुमार राईले एक थान कम्प्युटर तथा एक हजार नगद उपलब्ध गराएका हुन् ।
विशेष अतिथि खोटाङ सेवा समाजका अध्यक्ष राकेश राईले पा“च हजार नगद उपलब्ध गराएको स्कुलकी प्रिन्सिपल कन्चन परियारले बताइन् । त्यस्तै सिन्धुपाल्चोकका डिबी लामाले एक हजार पा“च सय उपलब्ध गराएका छन् ।

samataa 1
उक्त साधारणसभामा पा“च हजार ६५ बराबरको शैक्षिक सामग्री तथा खेलौना उपलब्ध गराउ“ने सविना परियार, दुई हजार दुई सय बराबरको फर्निचर (डेक्स) एक–एक थान उपलब्ध गराउ“ने अभिभावकहरु देवराज घिमिरे र तेजकुमार राउत, दुई हजार ५० रुपैया“ उपलब्ध गराउ“ने शोभा राईलाई सम्मान गरिएको छ ।
उक्त स्कुलले निम्न आर्थिक अवस्था भएकाहरुलाई न्युन शुल्कमा शिक्षा प्रदान गर्दै आएको छ । प्रिन्सिपल परियारका अनुसार मासिक एक सय रुपैया“ शुल्क लिएर गुणस्तरीय शिक्षा दिइन्छ । उक्त स्कुलमा तीन सय ६५ विद्यार्थी अध्ययरत छन् । ‘सबैका लागि शिक्षा’ भन्ने मुल नाराका साथ समता एजुकेशन ट्रष्टद्वारा सञ्चालित समता स्कुलको दिक्तेल शाखा २०७५ सालमा स्थापना भएको हो । यो स्कुल सञ्चालनपछि निम्न आर्थिक अवस्था भएकाहरुका लागि सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित