एमाले खोटाङको अध्यक्षमा दङ्गाल

  • प्रकाशित मितिः पुष २५, २०७८
  • 589 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, पुस २५–एमाले खोटाङको अध्यक्षमा रामप्रसाद दङ्गाल चयन भएका छन् । माटिकोरे कभर्ड हलमा पुस २३ र २४ गते भएको सातौ जिल्ला अधिवेशनले दङ्गाललाई अध्यक्ष बनाएको हो । 
उपाध्यक्षमा देवविक्रम राई, सचिवमा कुमार आचार्य तथा सहसचिवमा दीपनारायण रिजाल र सुरेन्द्रकुमार राई छनौट भएका छन् । अधिवेशनले एक सय १९ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । अधिवेशनले ७७ सदस्यीय सल्लाहकार समिति समेत निर्माण गरेको छ । एमाले अध्यक्ष केपी ओलीले मुलुकभर एक साथ उद्घाटन गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित