खोटाङमा मतदाता बढे

  • प्रकाशित मितिः पुस २२, २०७८
  • 903 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, पुस २२–जिल्लामा पा“च हजार बढी मतदाता थपिएका छन् । गत मङ्सिरदेखि पुस ९ गतेसम्मको विवरण अनुसार पा“च हजार आठ सय ४६ मतदाता बढेको हो ।
गत मङ्सिर–१७ गतेदेखि २६ गतेसम्म र मङ्सिर २९ गतेदेखि पुस–९ गतेसम्म जिल्लाका दशवटै स्थानीय तहमा सञ्चालन गरिएको फोटोसहितको मतदाता नामावली सङ्कलनका क्रममा दुई हजार नँै सय ६३ महिला र दुई हजार आठ सय ८३ पुरुष मतदाताको नाम दर्ता भएको हो । यसअघि खोटाङमा एक लाख ३४ हजार ९६ मतदाता थिए ।
पहिलो चरणमा केपिलासगढी, रावावेसी, साकेला र जन्तेढुङ्गा गाउ“पालिकाको केन्द्रमा पुगेर फोटोसहितको मतदाता नामावली सङ्कलन गरिएको थियो । त्यस्तै दोस्रो चरणमा ऐसेलुखर्क, दिप्रुङ चुइचुम्मा, बराहापोखरी गाउ“पालिका र हलेसी तुवाचुङ नगरपालिकामा फोटोसहितको मतदाता नामावली सङ्कलन गरिएको थियो ।
चुनावलाई लक्षित गरी मतदाता नामावली दर्ता गराउ“नेहरु बढेका छन् । स्थानीय चुनाव लक्षित गरी जिल्लास्थित राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु मतदाता नामावली दर्ता गराउ“न होडबाजी चलेको छ । आफ्नो पार्टीलाई मतदान गर्नेहरुलाई गाडीका गाडी ओसार्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित