सविना अछामे–
खोटाङ, पुस २०–त्रिधार्मिकस्थल हलेसी मन्दिरमा १८ दिनमा तीन लाख ८१ हजार पा“च सय ९० रुपैया“ आम्दानी भएको छ । किरात, हिन्दू र बौद्घ धर्मावलम्बीको आस्थाको केन्द्रको रुपमा रहेको हलेसीमा मङसिर २३ देखि पुस ११ गतेसम्ममा तीर्थालुबाट तीन लाख ८१ हजार पा“च सय ९० रुपैंया भेटी आम्दानी भएको हो ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसीस्थित मन्दिरभित्रको शिव–पार्वती थानबाट तीन लाख ३३ हजार छ सय ६५ र मन्दिरको प्राङ्गणमा रहेको दानपेटिकाबाट ४७ हजार एक सय २६ रुपै“या आम्दानी भएको हो ।
उक्त रकम बिजुली, पानी, इलाका प्रहरी कार्यालयको गाडी मर्मत मन्दिर भित्रका पिलर तथा गणेश मन्दिर रङ रोगन, लेखन कार्य, भेटी गणना, अतिथि खाजा, विभिन्न आर्थिक सहयोगमा लगायत तीन लाख ६२ हजार आठ सय ६३ रुपै“या खर्च भएको मन्दिर समितिले जनाएको छ । बा“की रहेको रकम हलेसीस्थित माछापुच्छ«े बैंकको शाखामा रहेको मन्दिर समितिले जनाएको छ ।
दर्शनार्थीहरुले यस अवधिमा छ हजार ६० रुपै“या भारतीय रुपैया“ र २३.६ ग्राम चा“दी चढाएको छ । संकलित सुन चादीको आम्दानीको रुपमा हिसाब राख्दै आएको मन्दिर समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित