सविना अछामे–
खोटाङ, पुस १८–जिल्ला सहकारी संघ खोटाङको अध्यक्षमा मिलन चाहार निर्वाचित भएका छन् । पुस १७ गते दिक्तेलमा सम्पन्न सहकारी संघको चौथो अधिवेशन तथा साधरण सभाले चाहारलाई अध्यक्ष चयन गरेका हो ।
सहकारी संघको उपाध्यक्षमा सनमान खड्का, सचिवमा दीपेन्द्र राई र कोषाध्यक्षमा सरिता राई चयन भएका छन् । सदस्यहरुमा रघुनन्द राई, जेपी राई, पर्शुराम विश्वकर्मा, मनोज बजिमय र गोपाल आचार्य चयन भएका छन् । प्रदेश सहकारी संघको सदस्यमा सुमन श्रेष्ठ चयन भएका छन् । अधिवेशनले कविकुमार राईको संयोजकत्वमा ३ सदस्यीय लेखासुपरीक्षण समिति गठन गरिएको छ ।
अधिवेशनमा आर्थिक वर्ष २०७७÷०७८ को खर्च अनुमोदन, आर्थिक वर्ष २०७८÷२०७९ को नीति, कार्यक्रम तथा प्रस्तावित बजेट पारित गरेको छ । यस्तै, लेखा सुपरीक्षण समिति र लेखा समितिको प्रतिवेदन पारित गरिएको छ । सहकारी संघको कार्यालय स्थापना तथा व्यवस्थापन, लेखा परिक्षक नियुक्ति लगायत निणर्य गरिएको सहकारी संघले जनाएको छ ।
सहकारी संघका कार्यबाहक अध्यक्ष सनमान खड्काको सभापतित्वमा भएको अधिवेशन सहकारी संघका पूर्वअध्यक्ष नुरकाजी सैंजुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित