(कविता)समाजवाद

  • प्रकाशित मितिः आश्विन २२, २०७५
  • 1824 पटक पढिएको
  • संवादताता

चित्रकुमार सुवेदी-
अनिकालले
खान नपाएर
परिवार नै सखाप भएपछि
बा“चिरहेका आमा–छोरी
भोकले उठ्न र बस्न
नसक्ने अवस्थामा
आमालाई आफ्नो भन्दा
चिन्ता थियो छोरीको
म त बुढी मर्दा पनि हुन्छ
तर जवान छोरी
कतै केही भेटे
ल्याइ दिनु हुन्थ्यो पोल्टामा
आमाले त कसलाई भन्नु र भोक लागेको
छोरीले थर्थर कामेर भनिन्–
‘आमा भोक लाग्यो ।’
छोरीलाई सुताएर काखमा
हेरिदिइन् टाउकाका जुम्रा
भन्न थालिन् आमा–
‘तिमी कत्ति राम्री छ्यौ,
सिलिक्क परेको कपाल,
ठूलो निधार,
छिनेको कम्मर,
भगवानले हतार नभएका बेला बनाएका
तिमी परी हौ,
अप्सरा हौ स्व्र्गकी
थाहा छ ?
तिम्रो विवाह
राजकुमारसंग हुन्छ
ऊ धेरै धनी हुन्छ
गहना, लत्ता–कपडा
जाडी, घोडा, नोकर–चाकर
ठूलो सुन्दर बङ्गला
टाउकोमा ठुङ् हान्दै भनिन्–
‘तिमी भाग्यमानी छ्यौं,
सुनको थाल हुने छ तिम्रो
चादीको कचौरा
सुकिसकेको ओठ–मुखले
पुलुक्क हेरेर आमाको अनुहार
छोरीले भनि
आमा, सुनको थालमा ढिडो हुन्छ कि हुदैन ?
चादीको कचौरामा सिस्नु हुन्छ कि हुदैन ?
महाशय,
रित्तो सुनको थाल
रित्तो चा“दीको कचौरा
के गर्नु भोका आमा–छोरीले
हरेक सर्वहारा नेपालीले
पातको भए पनि,
सिलिबरको भए पनि,
ढिडो, रोटो, साग र सिस्नुले
भरिएको थाल, कचौरा
खा“चो छ ती आमा–छोरीलाई
र समाजवादको बाटोमा हिड्न
पाइला उचालिरहेका
हरेक नेपालीलाई चेतना भया ।।।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा खोटाङ
प्रकाशित मिति २०७५ असोज २२

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित