सविना अछामे–
खोटाङ, पुस १८–अनेरास्ववियु खोटाङको अध्यक्षमा मोहन संग्राम निर्वाचित भएका छन् । पुस १७ गते दिक्तेलमा सम्पन्न २३ औं जिल्ला सम्मेलनबाट संग्राम अध्यक्ष निर्वाचित भएका हुन् ।
कमिटीको उपाध्यक्षमा यम खड्का, सचिवमा विष्णु उपरकोटी, सह–सचिवमा घनश्याम ढकाल र सुरेस प्रधान, कोषाध्यक्षमा मुस्कान राई सहित ३५ सदस्यीय जिल्ला कमिटी बनेको हो ।
‘शिक्षाको राष्ट्रियकरणमा जोड, निजीकरणलाई निरुत्साहन, वैज्ञानिक र व्यवहारिक शिक्षाका लागि २३ औं जिल्ला सम्मेलन’ भन्ने नाराका साथ सम्पन्न सम्मेलनको अनेरास्ववियुका केन्द्रीय अध्यक्ष एवं एमालेका केन्द्रीय सदस्य सुनिता बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । उक्त कार्यक्रममा एमाले केन्द्रीय सदस्य उषाकला राई, जिल्ला अध्यक्ष रामप्रसाद दङ्गाल सचिव कुमार आचार्य, एमाले नेता दीपनारायण रिजाल, सुरेन्द्रकुमार राई, विणादेवी राई लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित