खोटाङ कांग्रेसको इतिहासमै केन्द्रीय सदस्य बनिन् सरस्वती बजिमय

  • प्रकाशित मितिः पुष ९, २०७८
  • 877 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस ९–जिल्लाको इहिहासमै पहिलो चोटी कांग्रेस केन्द्रीय सदस्यमा सरस्वती बजिमय निर्वाचित भएकी छन् । १४ महाधिवेशनमा जनजाति महिला कोटाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् ।
कांग्रेस जिल्ला सभापति विष्णुकुमार राईका अनुसार २०५७ सालमा कांग्रेस फुटेको बेला प्रजातान्त्रिक कांग्रेसको केन्द्रीय सदस्यमा मनोनित भएका विदुर पौडेल बाहेक निर्वाचनबाटै केन्द्रीय सदस्य हुने पहिलो व्यक्ति बजिमय हुन् । लामो समयदेखि राजनीतिमा होमिएकी बजिमय खोटाङ कांग्रेसको हस्ती मानिन्छन् । बजिमय केन्द्रीय सदस्यमा निर्वाचित भएपछि खोटाङ कांग्रेसजनमा खुसियाली छाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित