नेकपा माओवादी केन्द्र प्रदेश १ अध्यक्षमा ‘मिक्सो’ निर्वाचित

  • प्रकाशित मितिः पुष ८, २०७८
  • 500 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस ८-नेकपा माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ विजयी भएका छन् । पुस ७ गते भएको निर्वाचनमा नेम्वाङले एक सय ६९ मत ल्याएर विजयी भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी मुक्साहाङ मेन्याङ्बोले ६४ मत ल्याएर पराजित भएका छन् । अध्यक्षमा खसेको दुई सय ४० मतमध्ये ७ मत बदर भएको छ ।
तीन जना उपाध्यक्षमा देवान चाम्लिङ ‘पृथ्वी किराती’ एक सय २०, मणिकुमार साम्पाङ एक सय ११ र शिवकुमार डा“गी एक सय १३ मत ल्याएर विजयी भएका छन् ।
सचिवमा गणेश उप्रेती एक सय ४८ मतले विजयी भए । उनका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत ल्याए । यस्तै तीन जना सहसचिवमा कुमारी राई एक सय १४, सागर किराती ७३ र ऋषिराम ढुङ्गाना ९५ मत ल्याएर विजयी भएका छन् । कोषाध्यक्षमा ९३ मत ल्याएर रेवतराज पुरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी बन्दना झा“गडले ५७ मत प्राप्त गरिन् । पदाधिकारीमा दलितको सहभागिता छैन ।
नौ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा दुई सय ४० जनाले मतदान गरेका थिए भने २९ जनाले उम्मेदवारी दिएका थिए । मतदान १९ जना अनुपस्थित भए । माओवादी केन्द्रको मङ्सिर २५ र २६ गते सम्पन्न प्रदेश अधिवेशनले दुई सय ७१ सदस्यीय कार्य समिति चयन गरे पनि पदाधिकारी चयनका लागि सहमति हुन नसक्दा निर्वाचन भएको हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित