सविना अछामे–
खोटाङ, मङ्सिर २९–त्रि–धार्मिकस्थल हलेसी मन्दिरमा १६ दिनमा आठ लाख भन्दा बढी आम्दानी भएको छ । किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रमा रुपमा रहेको हलेसीमा मङ्सिर ६ देखि २२ गतेसम्ममा तीर्थालुबाट आठ लाख ३९ हजार एक सय ९७ रुपैया“ आम्दानी भएको हो ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसीस्थित मन्दिरको प्राङ्गणमा रहेको दानपेटिकाबाट ३१ हजार तीन सय ४५, बसाह गुफा दान पेटिकाबाट ३८ हजार छ सय ९० रुपैया“, गणेश मन्दिर दानपेटिकाबाट ३६ हजार एक सय रुपैया“, चामल बिक्रीबाट १४ हजार आठ सय ८० रुपैया“, रुद्री लाखवत्ती लगायत अन्य सहयोगबाट एक लाख ९२ हजार दुई सय ७७ र ढ्याके सटहीबाट पा“च हजार पा“च रुपैया“ आम्दानी भएको हो । यस अवधिमा भएका खर्च कटाएर बा“की रहेको छ लाख २२ हजार तीन सय ६८ रुपैया“ रकम माछापुछ«े बैंक हलेसी शाखामा राखिएको हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको खातामा जम्मा भएको हलेसी सुचना केन्द्रका प्रमुख सयन्द्र राईले बताए ।
आम्दानी भएको रकममध्ये विजुली, पानी, फोहोर व्यवस्थापन खर्च सिसि क्यामेराको पिओई स्वीच खरिद, बालाचतुर्दशी मेलामा अस्थायी कर्मचारी तलवभत्ता, भेटी गणना, अतिथि, खाजा, विभिन्न आर्थिक सहयोग लगायतमा गरी दुई लाख १६ हजार आठ सय २९ खर्च भएको सूचना केन्द्रले जनाएको छ ।
उक्त मेलामा भारतीय रुपैया“ छ हजार एक सय ६०, चा“दी १५१.६५ ग्राम, सुन २.८ ग्राम र अमेरिकन डलर एक डलर चढाएको सूचना केन्द्रका प्रमुख राईले बताए ।
हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको खातामा ८४ लाख १५ हजार पा“च सय ७३ भेटी रकम जम्मा भएको छ । हलेसीमा आउने स्वदेश तथा विदेशका दर्शनार्थीले चढाएका भेटी तथा सुनचा“दीलाई आम्दानीको रुपमा बा“ध्ने व्यवस्था मिलाइएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित