नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा टंक कटवाल

  • प्रकाशित मितिः मंसिर 26, 2078
  • 1165 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर २६–नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङको अध्यक्षमा टंक कटवाल निर्वाचित भएका छन् । उक्त संगठनको मङ्सिर २५ गते सम्पन्न १२ औं जिल्ला अधिवेशनले कटवाललाई निर्विरोध निर्वाचित भएका हुन् । उपाध्यक्षमा इश्वरकुमार लम्साल, महिला उपाध्यक्षमा सर्मिला राई, सचिवमा नवीन चाम्लिङ, सहसचिवमा निर्मला कार्की,  कोषाध्यक्ष दुर्वाषा भट्टराई, सहकोषाध्यक्षमा मन्जु आचार्य अधिकारी चयन भएका छन् । 
सदस्यहरुमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट लक्ष्मीप्रसाद खनाल, रामकुमार श्रेष्ठ, हलेसी तुवाचुङ नगरपालिकाबाट शिवकुमार राई, तीर्थराज खड्का खोटेहाङ गाउ“पालिकाबाट देवेन्द्रराज शर्मा, ऐसेलुखर्क गाउ“पालिकाबाट हरिराम बस्नेत, केपिलासगढी गाउ“पालिकाबाट कुमार खड्का, रावाबेसी गाउ“पालिकाबाट हर्कबहादुर कार्की, जन्तेढुङ्गा गाउ“पालिकाबाट राजन पराजुली, बराहापोखरी गाउ“पालिकाबाट तोर्णबहादुर विक, दिप्रुङ चुइचुम्मा गाउ“पालिकाबाट दुर्गाप्रसाद गुरागाई, साकेला गाउ“पालिकाबाट शंकर घिमिरे चयन भएका छन् । केन्द्रीय प्रतिनिधिमा मनकाजी राई, सविता ढकाल, कृष्णप्रसाद अधिकारी र केशरकुमार राई चयन भएका छन् । 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित