खुसी जीवन

  • प्रकाशित मितिः आश्विन २२, २०७५
  • 3495 पटक पढिएको
  • संवादताता

सविना अछामे-
खोटाङ, असोज २२–एकताका दलितसंग बिहे गरेकैले डाडा“ काट्नु पर्ने अवस्था थियो । तर अहिले सहज बन्दै गएको छ । 
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका गंगा विश्वकर्मा र वडा नं–३ बाम्राङकी सरीता राई बीच माया“ प्रेम बसेपछि विवाह गरे । यो जोडी आजभोलि खुसी छन् । एक छोरी र एक छोरा जन्मिएपछि तिनै बालबालिको उज्ज्वल भविष्य निर्माणमा लागेका छन् । गंगा पेशाले राजनीति गर्छन् । गत स्थानीय चुनावमा तत्कालीन नेकपा माओवादी केन्द्रको तर्फबाट नगरकार्यपालिकाका सदस्य बनेका छन् । ‘राजनीतिक जीवन सफल बनाउ“न सरीताको पनि योगदान छ ।’ गंगाले भने–‘सरीताको सहयोग थिएन भने म यो ठाउ“मा रहन्नथे“ ।’ सरीताले बालबच्चालाई पढाउ“ने र घरव्यवहार धानेकीले आफू ढुक्क भएर राजनीतिमा खट्न सकेको गंगाको भनाई छ ।
त्यस्तै रतन्छाकी  राईसंग विवाह गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका चुडामणि गदालको जिन्दगी पनि खुसीमा जमेको छ । श्रीमतीको सहयोगले आफू निजामती सेवामा प्रवेश गर्न सफल भएको चुडामणिको तर्क छ । उनीहरु बीच प्रेम  विवाह भएपछि एक–अर्कामा बुझेर सहयोग आदान प्रदान भइरहेको चुडामणिको भनाई छ । उनीहरुको एक छोरी छन् ।
त्यसैगरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका रोजन राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी उषा गजमेरको जिन्दगी पनि खुसीले बितिरहेको छ । पेशाले राजनीति गर्ने रोजन र निजामती क्षेत्रकी उषा सफल जोडी बनेको छ । एक छोराको जन्मले झन खुसी छाएको छ उनीहरुमा । 
त्यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाडा“का प्रकाश तोलाङ्गे र ललिता राई पनि अन्तर जातीय विवाहमा खुसी नै छन् । त्यसै गरी दिक्तेल रुपाकोट मझुवागढी–२ कै सरोजकुमार विश्वकर्मा र इश्वरी सुवेदी, रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका भूमिराज दर्जी र पार्वती गुरुङ, दिप्रुङ चुइचुम्मा–१ याम्खाका हरि मुग्राती र लक्ष्मी गुरुङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका राजेन्द्र विश्वकर्मा र सुशिला मगर, खोटेहाङ गाउ“पालिका–६ इन्द्रेणीपोखरीका यदुकुमार नेपाली र कुमारी आचार्य पनि खुसीले जीवन यापन गरिरहेका छन् । एक आपसको बुझाई र सहयोगले सफलताको यात्रामा हिडिरहेका छन् । अन्तरजातीय विवाहले सामाजिक विकृति सिर्जना हुन्छ भन्नु गलत भएको उनीहरुको भनाई छ । सामाजिक विकृति त अन्य कारणले हुने उनीहरुको बुझाई छ । ‘अन्तरजातीय विवाह भन्दा हाडनाता विवाह झन बिराल बन्दै गएको छ ।’ गंगा विश्वकर्माले भने–‘खासमा चेतना अभावले सामाजिक विकृति फैलिएको छ ।’ गंगाले थपे–‘विज्ञान र वर्तमान कानुनले पनि यसको परिभाषा गरेको छ ।’ 
जिल्ला समन्वय समितिका सदस्य चर्चबहादुर विश्वकर्माले बताए । यद्यपि सामाजिक मान्यताका कारण अन्तरजातीय विवाह गर्नेहरुले खुलेर माइती ससुराली गर्न समस्या कायमै छ । यो विस्तारै घट्ने चर्च विश्वकर्माले विश्वास व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित