नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर २६–नेपाल आदिवासी जनजाति पत्रकार महासंघ खोटाङको चौथो जिल्ला अधिवेशनले रामधन राईको अध्यक्षतामा जिल्ला कार्यसमिति गठन गरेको छ । मङ्सिर २५ गते जिल्ला समन्वय समिति खोटाङको सभा हलमा आयोजित अधिवेशनले उपाध्यक्षमा चिसाङ शेर्पा, सचिवमा संजीव राई, सहसचिवमा उमेश भुजेल र कोषाध्यक्षमा एन्जिला राई निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरुमा कृष्णकुला राई, असल चरित्र राई, पूजा राना, जीवन राना, कला राई, तजिना मगर, कोशीकुमार राई र प्रवीण राई निर्बिरोध निर्वाचित भएका हुन् । त्यसैगरी प्रदेश प्रतिनिधिमा कृष्णकला राई, सुदीप राई, खिलन राई चयन भएका छन् । अधिवेशनले सूर्य तामाङ, संगीता राई र टिवन राईलाई केन्द्रीय प्रतिनिधिमा चयन गरेको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय सदस्य केदार मगरको प्रमुख आतिथ्य र नेपाल आदिवासी जनजाति महासंघ खोटाङका जिल्ला अध्यक्ष फुर्बा शेर्पाको विशेष आतिथ्यमा सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–जिल्ला व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित