सिंचाई गेट अब मानवअधिकार चौक
- प्रकाशित मितिः मंसिर २४, २०७८
- 1213 पटक पढिएको
- संवादताता
सविना अछामे–
खोटाङ, मङ्सिर २४–दिक्तेलको सिंचाई गेट अब मानवअधिकार चौक घोषित भएको छ । ७३ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा महिला हिंसा विरुद्धको १६ दिने अभियान समापनको अवसरमा मानवअधिकार चौक घोषणा गरिएको हो ।
प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले मानवअधिकार चौक घोष्णा गरेका हुन् । उक्त ठाउ“मा राखिएको बोर्ड पढेर घोषणा गरेका हुन् । नगरपालिकाको निर्णय अनुसार सिंचाई गेट चोकलाई ‘मानव अधिकार चोक’ नामाकरण गरिएको राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नं.१ शाखा कार्यालय खोटाङका कार्यालय प्रमुख उपसचिव श्यामबाबु काफ्लेले बताए । कार्यक्रमको अवसरमा रत्नपार्कदेखि त्रिवेणीचोक हु“दै जिल्ला समन्वय समितिको हलसम्म महिला हिंसा विरुद्धका विभिन्न प्लेकार्ड ¥याली प्रदर्शन गरिएको छ । विभिन्न १५ संघसंस्थाहरु आयोजक रहेको उक्त ¥यालीपछि जिल्ला समन्वय समिति खोटाङको सभा हलमा मानव अधिकारको कार्यालयले जिल्लाको मानव अधिकारको अवस्थाका बारे जानकारी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले महिला हिंसा विरुद्धको १६ दिने अभियान समापनमा भएको हो । उक्त कार्यक्रममा एकल तथा हिंसामा परेका दिक्तेलका हर्कीमाया बस्नेत, दिक्तेल सोल्माका टीकामाया पुरी, दिक्तेलकै हरिमाया सुन्दास र नेर्पाका नरबहादुर गुरुङलाई जनही २० हजारका दरले आर्थिक सहयोग गरिएको थियो ।