सुरु भयो कम्पोष्ट मल उत्पादन

  • प्रकाशित मितिः मंसिर २२, २०७८
  • 1355 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, मङ्सिर २२–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण अर्गानिक नगर बनाउ“ने उद्देश्यले सुरु गरिएको कम्पोष्ट मल उद्योगमा मल उत्पादन सुरु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्थापना गरिएको कम्पोष्ट मल उद्योगबाट मल उत्पादन सुरु भएको हो ।
कृषिजन्य उत्पादनलाई बजारीकरण र व्यवसायिक कृषि प्रणालीको विकास गर्न नमूना कृषि श्रोत केन्द्र स्थापना गरिएको हो । एक करोड २१ लाख ६९ हजार रुपैया“को लगानी प्रति घण्टा एक टन कम्पोष्ट मल उत्पादन गर्ने क्षमताको कम्पोष्ट मल उद्योग र २१ लाख २० हजारको लगानीमा नमूना कृषि श्रोत केन्द्र स्थापना गरिएको थियो । कम्पोष्ट मल उद्योग र नमूना कृषि श्रोत केन्द्र उद्योगको प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले २०७७ चैत २१ गते उद्घाटन गरेका थिए । 
ब्यापारिक केन्द्र दिक्तेल बजारको फोहर सङ्कलन तथा अन्य ठाउ“बाट समेत सडेगलेका वस्तु सङ्कलन गरेर मल निर्माण गर्ने उद्देश्यले उद्योग स्थापना गरिएको हो । कम्पोष्ट मलमा दुई जना र नमूना कृषि श्रोत केन्द्रमा अफिसर सहित चार जना कर्मचारी कार्यरत छन् । कम्पोष्ट मल उद्योगमा एक प्राविधिक र एक ड्राइभर कार्यरत छन् भने नमूना कृषि श्रोतमा एक अधिकृत सहित चार जना कर्मचारी खटिएर मल उत्पादन सुरु गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले बताए । 
नगरक्षेत्र भित्रका थुप्रै वडाहरु अर्गा्निक वडा भइसकेका छन् । नगरपालिका वडा नं ९ निर्मलीडाडा“, वडा नं–१० पाथेका, वडा नं ११ खार्मी, वडा नं १२ जालपा, वडा नं १३ नुनथला लगायतका वडाहरु अर्गानिक बनिसकेको र अन्य वडाहरु समेत पूर्ण रुपमा अर्गानिक बन्दै जाने नगरप्रमुख दीपनारायण रिजालले सुनाए । 

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित