खोटाङका दशै पालिकामा कोरोना विरुद्धको खोप

  • प्रकाशित मितिः मंसिर २१, २०७८
  • 754 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर २१–मङ्सिर–२२ र २३ गते जिल्लाका दशवटै स्थानीय तहमा कोरोना विरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । पहिलो मात्राका खोप लगाइसकेका तथा लगाउन बा“की नागरिकलाई पायक पर्ने क्षेत्रमा खोप लगाइने छ ।
अभियानका लागि जिल्ला स्वास्थ्य कार्यालयले आवश्यक सामग्री सहित स्वास्थ्यकर्मी सम्बन्धित स्थानीय तहमा पठाउ“ने जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) खोटाङका संयोजक एबम प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताए ।
दिक्तेलमा उपलब्ध गराइने खोपका लागि जिल्ला स्वास्थ्य कार्यालयले खोप तथा आवश्यक स्वास्थ्य सामग्री, जिल्ला अस्पतालले कोठा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्वास्थ्यकर्मीको व्यवस्था गर्ने भएका छन् । खोप अभियानका लागि जिल्ला स्वास्थ्य कार्यालयमा सङ्घ तथा प्रदेश सरकारले उपलब्ध गराएको कोभिशिल्ड र भेरोसेल गरी दुई प्रकारका भ्याक्सिन (खोप) रहेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले बताए ।
दुई नगरपालिका र आठ गाउ“पालिका रहेको जिल्लामा कोरोना विरुद्धको पहिलो मात्राको खोप ७४ हजार सात सय ७४ र दोस्रो मात्राको खोप ४० हजार नौ सय ७९ जनालाई उपलब्ध गराइएको डिसिसिएमसीका संयोजक दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित