खोटाङका सबै पालिकामा नेकपा माओवादी केन्द्रको अधिवेशन एकै साथ सम्पन्न

  • प्रकाशित मितिः मंसिर १२, २०७८
  • 842 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, मङ्सिर १२–जिल्लाका सबै पालिकामा एकै साथ नेकपा माओवादी केन्द्रको अधिवेशन सम्पन्न भएको छ । मङ्सिर ११ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको अधिवेशन जिल्लाका दशैवटा पालिकामा एकै दिन सम्पन्न भएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा विशन राईको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी बनेको छ । उपाध्यक्षमा खगेन्द्र राई, उमेशचन्द्र राई र धुर्बा राई, सचिवमा जमानशेर राई (युगसन), सहसचिवमा दीपेन्द्र राई र कोषाध्यक्ष राम हिङ्माङलाई सर्वसहम निर्वाचित भएका हुन् ।
हलेसी तुवाचुङ नगरपालिकामा राजुबिक्रम चाम्लिङको अध्यक्षतामा ६५ सदस्यीय कमिटी गठन भएको नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय सदस्य चयन्द्र राईले बताए । उपाध्यक्षमा प्रदिप माइला राई, प्रमोद गिरी र कन्ठ कार्की, सचिव रमिला बस्नेत, सहसचिव गण राई र कोषाध्यक्षमा अमिनकाजी राई निर्वाचित भएका छन् ।
साकेला गाउ“पालिकामा अर्जुनकुमार खड्का ‘झङ्कार’को अध्यक्षतामा ५५ सदस्यीय कमिटी गठन भएको छ । उपाध्यक्षमा बिर्शिका राई, मोहन खत्री र भरत बस्नेत, सचिवमा नवीनकुमार राई, सहसचिव धनबहादुर राई र कोषाध्यक्षमा उन्नत राई निर्वाचित भएका छन् ।
दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा राजेन्द्र राईको अध्यक्षतामा ५५ सदस्यीय कमिटी निर्माण भएको छ । उपाध्यक्षमा खड्गबहादुर तामाङ ‘प्रेम’, किशन राई र नैनकुमारी खत्री सचिव दीपक पौडेल, सहसचिव नारायण राई र कोषाध्यक्ष सुनिता राई निर्वाचित भएका छन् ।
खोटेहाङ गाउ“पालिकामा दिपेन राईको अध्यक्षतामा ५३ सदस्यीय कमिटी निर्माण भएको छ । उपाध्यक्षमा धनबहादुर महाराजी, इन्द्रहाङ राई र सुशिला राई, सचिवमा वसन्त राई, सहसचिव किरण राई र कोषाध्यक्ष सुरेन्द्र अधिकारी निर्वाचित भएका छन् ।
जन्तेढुङ्गा गाउ“पालिकामा बद्री राईका अध्यक्षतामा ५५ सदस्यीय कमिटी गठन भएको छ । उपाध्यक्षमा देवीमाया“ राई र खड्गबहादुर राई, सचिवमा नइन्द्र राई, सहसचिव नेत्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
ऐसेलुखर्क गाउ“पालिकामा अगमसिं राईको अध्यक्षतामा ४७ सदस्यीय कमिटी गठन भएको छ । उपाध्यक्षमा उर्मिला लम्साल, बलभद्र राई र प्रेम तामाङ, सचिवमा झनकुमार राई, सहसचिव रमेश राई र कोषाध्यक्ष चमेली विश्वकर्मा निर्वाचित भएका छन् ।
रावाबेसी गाउ“पालिकामा रामबहादुर राईको अध्यक्षतामा ५५ सदस्यीय कमिटी गठन भएको छ । उपाध्यक्षमा शारदा पोखरेल, लालबहादुर नेपाली र भलाकाजी तामाङ, सचिव उदीम चाम्लिङ, सहसचिव सुरेन्द्र राई र कोषाध्यक्ष सीता कटवाल निर्वाचित भएका छन् ।
केपिलासगढी गाउ“पालिकामा रुद्र राइको अध्यक्षतामा ५५ सदस्यीय कमिटी गठन भएको छ । उपाध्यक्षमा रामकाजी राई, कुमार परियार, बिष्णुकुमार राई, सचिवमा लक्ष्मण साम्पाङ (समिप, सहसचिव गोपाल तामाङ र कोषाध्यक्षमा पद्मा राई निर्वाचित भएका छन्
बराहपोखरी गाउ“पालिकामा युवराज मगर अध्यक्षतामा ३७ सदस्यीय कमिटी गठन भएको छ । उपाध्यक्षमा ताराकान्त किराती, राजन राई, रमला राई, सचिव अर्जुन तामाङ सहसचिव ध्रुबजीत राई कोषाध्यक्षमा गणेश परियार निर्वाचित भएको नेकपा माओवादी केन्द्र खोटाङकी नतृ निशाना पुमा राईले बताइन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित