खोटाङ कांग्रेस सभापतिमा विष्णुकुमार राई विजयी, जिल्ला कार्यसमिति पदाधिकारीमा राईको प्यानलै विजयी

  • प्रकाशित मितिः मंसिर १०, २०७८
  • 692 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, मङ्सिर १०–नेपाली कांग्रेस खोटाङको जिल्ला सभापतिमा विष्णुकुमार राई विजयी भएका छन् । पूर्व पर्यटन राज्यमन्त्री समेत रहेका सर्वधन राईलाई ५९ मतले पछि पार्दै विजयी भएका हुन् ।
पूर्व राज्यमन्त्री सर्वधन राईले छ सय दश र विष्णुकुमार राईले छ सय ६९ मत ल्याएका हुनु । सातौं जिल्ला अधिवेशनमा सभापति विजयी भएका राईको प्यानलै विजयी भएका हुन् । उपसभापतिमा इवन राई र तीर्थराज भट्टराई विजयी भएका छन् । उनीहरुमध्ये राईले सात सय ५३ र भट्टराईले सात सय ४२ मत ल्याए । सर्वधन प्यानलका मनोज मिमिल्सेनाले पा“च सय ४३ र राजन सैंजूले तीन सय ८२ मत ल्याए ।
सचिवमा विष्णु प्यानलका समीर राईले सात सय १३ र ज्ञानेन्द्र जोशीले छ सय २० मत ल्याएर विजयी भए । सर्वधन प्यानलका रोजन राईले पा“च सय ५३ र राम साम्पाङले पा“च सय दश मत ल्याए । सहसचिवमा विष्णु प्यानलका सार्जन राईले छ सय २४ र सालिकराम बन्जराले पा“च सय ९३ मत ल्याएर विजयी भए । सर्वधन प्यानलका ध्यानबहादुर राईले पा“च सय ६४ र राजकुमार राईले पा“च सय ७७ मत ल्याए । महाधिवेशन प्रतिनिधिहरुको भने मतगणना जारी रहेको जिल्ला सचिव ज्ञानेन्द्र जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित